Kathmandu Press

इलाम र बझाङ उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो चुनावी कमान्डर 

इलाम २ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउदलाई संयोजकका रुपमा खटाइएको हो।
इलाम र बझाङ उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो चुनावी कमान्डर 

काठमाडौं, चैत २५ : नेपाली कांग्रेसले इलाम २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक खटाएको छ। 

इलाम २ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउदलाई संयोजकका रुपमा खटाइएको हो।

Hardik ivf

संयोजक तय भएपछि महामन्त्री शर्माले इलाम–२ र बझाङको चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी चाँडै कार्यक्रमहरू तय गरिने बताए।

उपनिर्वाचनमा कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ।

इलाममा उम्मेदवार बनेका खड्का काँग्रेसका जिल्ला सभापति समेत हुन्। बझाङ प्रदेशसभा १ का उम्मेदवार सिंह सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन्। 
 
प्रकाशित मिति: १३:०४ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्