Kathmandu Press

कोरोना भाइरससँग लड्न चीन नेपालको साथमै छ: राजदूत होउ

काठमाडौं, चैत्र ११ : चीनले कोरोना भाइरसको महामारीबाट नेपाललाई हतोत्साही नहुन भन्दै सहयोग गर्ने जनाएको छ।

कोरोना भाइरसविरुद्धको लडाइमा ज....

कोरोना भाइरससँग लड्न चीन नेपालको साथमै छ: राजदूत होउ

काठमाडौं, चैत्र ११ : चीनले कोरोना भाइरसको महामारीबाट नेपाललाई हतोत्साही नहुन भन्दै सहयोग गर्ने जनाएको छ।

कोरोना भाइरसविरुद्धको लडाइमा जित नजिक पुगेको चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्ध समेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ।

नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी हुन्। नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छन्।

‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं। हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन  चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं। हामी साथमा छौं,’ उनले ट्वीटरमा भनेकी छिन्। 

प्रकाशित मिति: ०९:५६ बजे, मंगलबार, चैत ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्