Kathmandu Press

गण्डकी सरकारका लागि अधिकारीकाे दाबी अवैध : पाण्डे 

खगराज अधिकारीले सभामुख कृष्ण धिताललाई समेत मुख्यमन्त्रीमा नियुक्त गर्न दलका तर्फबाट दाबी पेस गरेका छन्।
गण्डकी सरकारका लागि अधिकारीकाे दाबी अवैध : पाण्डे 

पोखरा, चैत २५ : गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा कामचलाउ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मुख्यमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गर्न पेस गरेको दाबी असंवैधानिक रहेको बताएका छन्।

एमाले र माओवादीको शनिबार बसेको संयुक्त बैठकले अधिकारीलाई मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गरेपछि मुख्य मन्त्री पाण्डेले उक्त दाबी गरेका हुन्। अधिकारीले सभामुख कृष्ण धिताललाई समेत मुख्यमन्त्रीमा नियुक्त गर्न दलका तर्फबाट दाबी पेस गरेका छन्। सर्वोच्च अदालतले कोशीमा सभामुखलाई समेत सरकार निर्माणमा प्रयोग गरिएको एक विवादमा सभामुखलाई समावेश गर्न नपाइने फैसला गरेको थियो। 

Hardik ivf

‘बहुमत सदस्यको हस्ताक्षरसहित सरकारका लागि बुझाउने हो, बहुमत पुर्‍याउन नसक्ने भएपछि दलका तर्फबाट दिनुभएको छ। यो सरासर सर्वोच्च अदालतको नजिर विपरित अवैध छ,’ पाण्डेले भने। यस बिषयमा प्रदेश प्रमुखले विवेक पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरे। पाण्डेले गैरसंवैधानिक र जालझेलपूर्ण काम भएको पनि बताएका छन्। प्रदेश प्रमुखले विवेक प्रयोग गर्दा दलको प्रेसरमा नभै प्रचलित कानुन, संविधानअनुसार अगाडि बढ्नुपर्ने पनि उनले बताए। 

अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सदस्यको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख भट्टसमक्ष दाबी पेश गरेका छन्। प्रदेश प्रमुख भट्टले २७ गते ३ बजेसम्मका लागि बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए।

प्रकाशित मिति: १२:५७ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्