सरकारविरुद्ध नेविसंघकाे प्रदर्शन, प्रहरीले गर्याे हस्तक्षेप
जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो।
काठमाडाैं, चैत २५ : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ।
जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो।
सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा केहि विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कदम चाल्न नसकेको, सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरुले नारा लगाएका थिए।
प्रकाशित मिति: १२:४३ बजे, आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)