सभामखुको समर्थनमा गण्डकीको मुख्यमन्त्री खगराज अधिकारीको दाबी
अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन्।
कास्की, चैत २५ : सभामुखसहितको समर्थनमा गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन्।
अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन्।
माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र मनाङ्गेसहित प्रदेश प्रमुख डिल्लीराज भट्टको कार्यालय पुगेर अधिकारीले मुख्यमन्त्री समयक्ष दाबी प्रस्तुत गरेका हुन्।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सत्ता गठबन्धनका नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन्। यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन्।
प्रकाशित मिति: ११:५९ बजे, आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

