रास्वपाले बोलायो संसदीय दलको बैठक
बैठकमा संसदको कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
काठमाडौं, चैत २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ।
बैठक रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा आइतबार साँझ ५ बजे बस्ने तय छ।
बैठकमा संसदको कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
यस्तै,संसदमा प्रस्तुत विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेण्डा रहेको परियारले जानकारी दिए।
प्रकाशित मिति: ११:११ बजे, आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)