गण्डकीमा सभामुखको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्दै एमाले
एमाले संसदीय दलका नेता खगराज अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।
कास्की, चैत २५ : गण्डकीमा सत्ता गठबन्धनले सभामुखको समर्थमनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दलहरुलाई यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका छन्।
माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी केन्द्रका आठै जना प्रदेश सभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए।
६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ। सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र (दीपक मनांगे) एक गरी ३१ संसद छन्।
यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन्।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

