Kathmandu Press

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

उनले तीन सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए । उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेका थिए । 
एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित
Hardik ivf

बारा, चैत २५ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् ।

उनले तीन सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए । उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेका थिए । 

यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए। 

प्रकाशित मिति: ०७:२५ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्