Kathmandu Press

उपनिर्वाचनमा इलाममा २० र बझामा १२ जनाको उम्मेदवारी

इलाम २ मा उपनिर्वाचनका लागि १२ राजनीतिक दलका १२ र ८ जनाको स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। बझाङमा भने १२ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन्।
उपनिर्वाचनमा इलाममा २० र बझामा १२ जनाको उम्मेदवारी

काठमाडौं, चैत २४ : प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएको छ।

वैशाख १५ मा हुने उपनिर्वाचनमा प्रतिनिधिसभा अन्तर्गत इलाम २ मा २२ जना र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

इलाम २ मा उपनिर्वाचनका लागि १२ राजनीतिक दलका १२ र ८ जनाको स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। बझाङमा भने १२ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन्।

Hardik ivf

इलाम २ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलनकुमार योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीका जीतबहादुर राईले उम्मेदवारी दिएका छन्।

यस्तै, जनमतका प्रेमकुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेसनल मंगोल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेसनल रिपब्लिकका धनराज रानामगरले पनि उम्मेदवारी दिएका छन्।

अर्जुनबहादुर शाही, केशबकुमार चापागाईं, डकेन्द्रसिंह लिम्बु, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्यालले इलाममा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

बझाङमा कांग्रेसका अभिषेकबहादुर सिंह, नेपाली जनता दलका अशोक सुनार, नेसनल रिपब्लिकका किशोरकुमार खड्का, नेमकिपाका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापा, माओवादी केन्द्रका जनकबहादुर बुढा, एमालेका दमनबहादुर भण्डारीले उम्मेदवारी दिएका छन्।

यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपकबहादुर खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री र जनमत पार्टीका सुशीलादेवी विष्ट पनि बझाङमा प्रदेशसभा उम्मेदवार बनेकी छन्।

उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ भने २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्न २७ गतेको समय निर्धारण गरिएको छ।

प्रकाशित मिति: २०:१० बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्