Kathmandu Press

‘कांग्रेसलाई विचार र व्यवहारमै शुद्धिकरण गर्नुपर्छ’

कुनै पनि व्यक्ति कांग्रेस भएकै कारण अपराधी बनाइनु गलत भए पनि अपराध गरेर कांग्रेस भएकै कारण जोगिनुपर्छ भन्ने कुरामा कांग्रेसले अडान लिनुपर्ने उनले जोड दिए।
‘कांग्रेसलाई विचार र व्यवहारमै शुद्धिकरण गर्नुपर्छ’

काठमाडौं, चैत २४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई विचार र व्यवहारमै शुद्धिकरण गर्नुपर्ने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले महासमितिबाट केही विषयमा पार्टीभित्र शुद्धिकरण सुरु भइसकेको बताउँदै आगामी वर्ष पार्टीलाई पूर्णरुपमा विचार र व्यवहारमै शुद्धिकरण गर्नुपर्ने  बताए।

Hardik ivf

महामन्त्री थापाले संगठनलाई सुदृढ बनाउँदै समयमा नै अधिवेशन गर्नुपर्ने र पुराना नेतालाई सम्मानका साथ विदाई गर्नुपर्ने उल्लेख गरे। उनले अरु जस्तै हुने कोशीस गर्दा गर्दै पार्टीले आफ्नो मौलिकता गुमाएको भन्दै यसमा नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताए।

कुनै पनि व्यक्ति कांग्रेस भएकै कारण अपराधी बनाइनु गलत भए पनि अपराध गरेर कांग्रेस भएकै कारण जोगिनुपर्छ भन्ने कुरामा कांग्रेसले अडान लिनुपर्ने उनले जोड दिए।

उनले यसअघि दुई पटक बहुमत पाउदा कांग्रेसले पार्टी जोगाउन नसकेको भन्दै ८४ मा बहुमत पाए पार्टी कसरी अघि बढ्न भन्ने कुरा जनतामा स्पष्ट पार्नसक्नुपर्ने जिकिर गरे।

प्रकाशित मिति: १८:४० बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्