Kathmandu Press

बहुमत ल्याउने संगठन निर्माणको खाँचो छ : डा. महत

‘देशभरि एकीकृत भएर, एक स्वरमा संगठन निर्माण र जनताको बीचमा जाने हो भने कसैसँग गठबन्धन नगरीकनै एकल बहुमत ल्याउन सक्छौं,’ उनले भने, ‘त्यसका लागि आफ्नो स्थानबाट आफूलाई तयार राखौं भन्ने मलाई लाग्छ।’
बहुमत ल्याउने संगठन निर्माणको खाँचो छ : डा. महत
फाइल तस्बिर।

काठमाडौं, चैत २४ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनबिना एकल बहुमत ल्याउन सक्ने संगठन निर्माण गर्नुपर्ने बताएका छन्।

राजधानीमा शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.२ को क्षेत्रीय सम्मेलनमा उनले देशभरि एकीकृत भएर, एक स्वरमा संगठन निर्माण र जनताको बीचमा जाने हो भने एकल बहुमत ल्याउन सकिने बताए।
 
‘देशभरि एकीकृत भएर, एक स्वरमा संगठन निर्माण र जनताको बीचमा जाने हो भने कसैसँग गठबन्धन नगरीकनै एकल बहुमत ल्याउन सक्छौं,’ उनले भने, ‘त्यसका लागि आफ्नो स्थानबाट आफूलाई तयार राखौं भन्ने मलाई लाग्छ।’

Hardik ivf

संविधान संशोधनको बहस र निर्वाचन पद्धति परिवर्तन गर्ने विषयमा छलफल सुरु गर्नुपर्ने भन्दै त्यसको पहल कांग्रेसले नै गर्नुपर्ने बताए। उनले मिश्रित निर्वाचन प्रणालीमा कुनै एक पार्टी बहुमत ल्याउन निकै कठीन हुने बताए।

कांग्रेसले सरकारमा रहँदा जनताको पक्षमा काम गरे पनि त्यसको प्रचार नगरेको उनले उल्लेख गरे। पार्टीले गरेका राम्रा कामको प्रचार जरुरी रहेको उनको भनाइ थियो। नेता महतले आगामी निर्वाचतमा बहुमत आउने गरी कांग्रेसको संगठन निर्माण हुने विश्वास व्यक्त गरे।

‘मलाई पूर्ण विश्वास छ, आउने निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसदमा हामी सम्पूर्ण रुपमा एक्लै विजय प्राप्त गर्ने संगठन बन्ने छ। हाम्रा जनाधार विस्तार हुनेछ, जनता नेपाली कांग्रेसको पक्षमा उभिने छन्,’ उनले भने, ‘सेवा प्रचाररहित हुनुनपर्छ भन्ने कुरामा हामी विश्वास गर्ने थियौं, तर अहिले प्रचारको जमाना आयो । काम नै नगरी, अथवा तिल बराबर काम गरेर पहाड बराबर प्रचार गर्ने । हामी पहाड बराबर काम गरेर पनि तिल बराबर प्रचार नगर्ने पार्टी हौं।’

आफू अर्थमन्त्री हुँदा जनताको पक्षमा कुराहरु उठाएको कसैलाई पनि चित्त नबुझेको भन्दै अरुका लागि जनताको पक्षभन्दा अर्को पक्षमा उभिन नसक्ने भनाइ पनि उनले राखे।

प्रकाशित मिति: १८:३० बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्