Kathmandu Press

सुनसरीमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति, कर्फ्यु बिस्तारै हटाइने 

समस्या सामधानका लागि प्रदेश सांसदहरूलाई जिम्मेवारी दिने सहमति पनि भएको छ।
सुनसरीमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति, कर्फ्यु बिस्तारै हटाइने 

विराटनगर, चैत २४ : फेसबुकमा राखेको भिडियोका कारण सुनसरी हरिनगर गाउँपालिकामा सुरु भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीकाे आह्रवानमा  शनिबार बसेको सर्वदलीय-सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो।

विवादले अप्रिय घटना हुन सक्ने देखेपछि सुनसरी हरिनगर गाउँपालिकामा भएको शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू कर्फ्यू बिस्तारै हटाउने सहमति भएकाे सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले बताए ।

Hardik ivf

बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने सहमति भएको छ। समस्या सामधानका लागि प्रदेश सांसदहरूलाई जिम्मेवारी दिने सहमति पनि भएको उनले बताए।

शुक्रबार दिनभर अशान्त रहेको ती पालिका कर्फ्युका कारण जनजीवन पनि कष्टकर बनेकाे छ। शुक्रबार दिनभरजसो तनावग्रस्त  बनेको सुनसरीमा अवस्था नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड हवाई फायर गरेको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फका १० जना घाइते भएका थिए। 

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्