Kathmandu Press

इलाम २ मा रास्वपाबाट मिलन लिम्बूले गराए उम्मेदवारी दर्ता

उनको उम्मेदवारी दर्ताका क्रममा रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत उपस्थित थिए।
इलाम २ मा रास्वपाबाट मिलन लिम्बूले गराए उम्मेदवारी दर्ता

इलाम, चैत २४ : इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। 

वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उनले शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा १२औं क्रममा उम्मेदवारी दर्ता गराएका हुन्। उनीअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन्। 

Hardik ivf

उनको उम्मेदवारी दर्ताका क्रममा रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत उपस्थित थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले पनि संघीय सांसद बिना लामाको सहभागितामा मनोनयनपत्र दर्ता गराएका छन्। शनिबार नै स्वतन्त्र उम्मेदवार मनोज निरौला, नेपाल रिपब्लिक नेसनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना मगरले पनि मनोनयन दर्ता गराए।

प्रकाशित मिति: १७:४० बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्