Kathmandu Press

तामाङ सेलोमा ‘ओइ सोल्टिनी’

नेपाली सेनाका उपरथी डा आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनिश क्षेत्रीले गरेका हुन्।
तामाङ सेलोमा ‘ओइ सोल्टिनी’
Hardik ivfHardik ivf

काठमाडौं, चैत २४ : गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ। 

नेपाली सेनाका उपरथी डा आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनिश क्षेत्रीले गरेका हुन्।

अयमी तामाङ, सिद्धार्थ सिल्वाल, अनिश क्षेत्रीलगायतको अभिनय रहेको सो म्युजिक भिडियो टयुटुव मार्फत केही समयअघि सार्वजनिक गरिएको हो। 

नेपाली लोकभाका तामाङ सेलोको संरक्षण एवं नयाँ पुस्तालाई लोकभाकाप्रति चाख जगाउनु रहेको गीतकार डा तामाङले बताए।

अष्ट्रेलियामा अध्ययनरत अयमी आफनी हजुरआमा धनमाया तामाङको विँडो थाम्ने सिलसिलामा ‘ओई सोल्टिनी’को म्युजिक भिडियोका लागि काठमाडौँ आएकी थिइन्। उनले अष्ट्रेलियामा आधुनिक पप गीत समेत गाउँदै आएका छन्।

अयमीका पिता आशबहादुर खासगरी लोकगीतका साथै राष्ट्रियता र प्रकृति संरक्षण सम्बन्धी गीत लेखनमा स्थापित छन्।

प्रकाशित मिति: १७:३२ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्