Kathmandu Press

भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण : पूर्वउपराष्ट्रपति झा

उनले समाज र देशका लागि महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरुलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्नेमा जोड दिए।
भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण : पूर्वउपराष्ट्रपति झा

काठमाडाैं, चैत २४ : पूर्वउपराष्ट्रपति परमानन्द झाले भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

शनिबार नयाँ वर्ष २०८१ को शुभकामना तथा विश्व स्वास्थ्य दिवसको अवसरमा राष्ट्रिय विकास नागरिक समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले विगतमा आफू सहभागी भएका केही कार्यक्रममा समाजमा दुर्नाम कमाएका र भ्रष्ट व्यक्तिलाई पनि सम्मान गर्नुपरेको भन्दै भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन्।

Hardik ivf

उनले समाज र देशका लागि महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरुलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्नेमा जोड दिए। पूर्वउपराष्ट्रपति झाले सम्मान पाउने व्यक्तिलाई समाजमा अझै जिम्मेवारी थपिने भएकाले अझै राम्रो काम गर्ने अठोट गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा राष्ट्रिय विकास नागरिक समाजले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १७ जना व्यक्तिहरुलाई सम्मान गरेको थियो।

प्रकाशित मिति: १७:१९ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्