Kathmandu Press

सिन्धुलीको तीनपाटन जोगेमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

मृत्यु हुनेमा रैतहटका दीपेन्द्र पटेल रहेको तीनपाटन-१ का वडाध्यक्ष गोविन्द राउतले जानकारी दिए।
सिन्धुलीको तीनपाटन जोगेमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
Hardik ivf

सिन्धुली, चैत २४ : सिन्धुलीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सिन्धुलीमाडी-चकमके सडकखण्डमा पर्ने तीनपाटन गाउँपालिका–३ स्थित जोगेमा भएकाे दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु भएकाे हाे। मृत्यु हुनेमा राैतहटका दीपेन्द्र पटेल रहेको तीनपाटन-१ का वडाध्यक्ष गोविन्द राउतले जानकारी दिए।

शनिबार काठमाडौंबाट सिन्धुली चकमकेतर्फ गइरहेको बस जोगेमा पुग्दा विपरीत दिशाबाट तीव्र गतिमा पटेलले चलाएकाे मोटरसाइकलले छल्ने क्रममा  दुर्घटना भएकाे थियाे। मोटरसाइकल अनियन्त्रित भई लड्दा चालक पटेल घाइते भएका थिए। उपचारका लागि अस्पताल  लैजाँदै गर्दा बाटामै उनकाे मृत्यु भएको बताइएको छ। 

मोटरसाइकललाई जोगाउने क्रममा बस पनि भित्तामा ढेस्सिएको बताइएको छ। बसका यात्रु एकदुईजना सामान्य घाइते भएको र अन्य सकुशल रहेको सोही बसमा सवार तीनपाटन-२ का लीलाबहादुर रानामगरले बताए।

प्रकाशित मिति: १६:५४ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्