Kathmandu Press

कांग्रेसका डम्बरबहादुर खड्काले इलाम २ मा गराए उम्मेदवारी दर्ता

पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन्।
कांग्रेसका डम्बरबहादुर खड्काले इलाम २ मा गराए उम्मेदवारी दर्ता

इलाम, चैत २४ : नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।

वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आठौं क्रममा मनोनयन दर्ता गराएका हुन्।

Hardik ivf

पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन्।

उनी पञ्चेबाजासहितको मनोनयन गर्न आएका थिए। साे क्रममा कांग्रेसका नेता-कार्यकर्ताको र्‍यालीले इलाम नगर समेत परिक्रमा गरेको थियो।

एमालेका सुहाङ नेम्वाङ, पहिचान पक्षधर डकेन्द्रसिं लिम्बु थेगिम, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, एकीकृत समाजवादीका तर्फबाट जितबहादुर राईले उम्मेदवारी दर्ता गराइसकेका छन्।

रास्वपाले भने मनाेनयन दर्ता गर्न बाँकी छ। उक्त पार्टिबाट मिलन लिम्बूले मनाेनयन गराउने तयारी छ।

प्रकाशित मिति: १६:२० बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्