झलनाथ भन्छन् - इलाममा एकीकृत समाजवादीका जितबहादुरले जित्नुहुन्छ
एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने दाबी गर्दै उनले उम्मेदवारी फिर्ता नहुने पनि स्पष्ट पारे।
इलाम, चैत २४ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम २ मा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले शनिबार इलाममा पत्रकारहरुसँग धेरै चकित बनाउने गरी एकीकृत समाजवादीले इलाम २ काे उपनिर्वाचन जित्ने दाबी गरेका हुन्।
एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने दाबी गर्दै उनले उम्मेदवारी फिर्ता नहुने पनि स्पष्ट पारे। एकीकृत समाजवादीका तर्फबाट जितबहादुर राईले उम्मेदवारी दर्ता गराइसकेका छन्।
‘हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ,’ उनले भने, ‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर नामै छ। हामीले त्यत्तिकै उठाएका छैनौं, उहाँसँग योग्यता पनि छ। धेरै चकित हुनेछन्।’
उनले अरु पार्टीलाई समेत एकीकृत समाजवादीलाई सहयोग गर्न आग्रह गरे। साेही क्रममा उनले अहिले विचार मिल्नेहरुको बीचमा सत्ता सहकार्य भएकाले लामो समय टिक्नेसमेत दाबी गरे ।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

