Kathmandu Press

कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : सभापति देउवा

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा उनले बलियो पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै त्यसको लागि सबैलाई कम्मर कसेर अगाडि बढ्न अनुरोध गरे। 
कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : सभापति देउवा

काठमाडौं, चैत २४ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन्। 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा उनले बलियो पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै त्यसको लागि सबैलाई कम्मर कसेर अगाडि बढ्न अनुरोध गरे। 

Hardik ivf

उनले भने, ‘वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ। त्यसैले सबै पार्टीका साथीहरु एक भएर लाग्नुहोस। आपसी समझदारी, समन्वय कायम गर्दै देशभर पार्टी जित्न आवश्यक छ। त्यसकारण बहुमत ल्याउनको लागि कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्दछु।’ 

आपसमा घात, अन्तरघात नगरेर एक भएर पार्टीलाई एक्लै लग्नुपर्ने अवस्था आएको पनि उनको भनाइ छ। 
 
प्रकाशित मिति: १५:४३ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्