Kathmandu Press

जनयुद्धका दिन सम्झिँदा मुटुबाट रगतका धारा झरेजस्तै अनुभूति हुन्छ : सापकोटा

उनले भने, ‘मार्क्सवादमा जति शक्ति अरु कुनै सिद्धान्तमा छैन।’
जनयुद्धका दिन सम्झिँदा मुटुबाट रगतका धारा झरेजस्तै अनुभूति हुन्छ : सापकोटा

काठमाडौं, चैत २४ : माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले आफूले जनयुद्धका दिनहरु सम्झिँदा मुटुबाट रगतका धाराहरु झरेजस्तै अनुभूती हुने बताएका छन्। शनिबार काठमाडौंमा लेखक तिलक शर्मा ‘हिमाल’को संस्करण संग्रह ‘बन्द पर्खाल’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्ताे बताएका हुन्।

सापकोटाले मार्क्सवादमा जति शक्ति, अन्य सिद्धान्तमा नभएको मार्क्सवादप्रति आफू कति जिम्मेवार छौं भन्ने कुराले अर्थ राख्ने बताए। उनले भने, ‘मार्क्सवादमा जति शक्ति अरु कुनै सिद्धान्तमा छैन। त्यही भएर सवाल कहाँनिर हो त भन्दा हामी मार्क्सवादप्रति कति जिम्मेवार छौं।’ लेखक शर्माको संग्रहमाथि टिप्पणीमा लामो समय विताएका सापकोटाले ‘बन्द पर्खाल’मा लेखिएका शब्दहरु कलमले नभइ मुटुले लेखिएको टिप्पणी गरे। 

Hardik ivf

उनले भने, ‘संस्करण संग्रह ‘बन्द पर्खाल’मा लेखिएका शब्दहरुले कलमले होइन मुटुले लेखिएका छन्। किताबको पहिलो पृष्ठदेखि अन्तिमसम्म यस्तो पनि हुनसक्ला र भन्ने कुरा कहीं पनि लेखिएको छैन। यति इमानदारितपूर्वक, जिम्मेवारीपुर्वक किताव लेखिएको छ कि वास्तवमा भन्ने हो भने त्यसले धेरै नै छुन्छ। लेखकीयप्रति इमानदार हुनु, निष्ठावान त छँदैछ तर विचार निर्माणको सवालमा नै मुख्य कुरा हो।’


 

प्रकाशित मिति: १५:१४ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्