Kathmandu Press

इटलीमा सोमबार ६०१ जनाको मृत्यु

काठमाडौं, चैत्र ११ : इटलीमा सोमबार कोरोना भाइरसको संक्रमणका कारण ६ सय १ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या....

इटलीमा सोमबार ६०१ जनाको मृत्यु

काठमाडौं, चैत्र ११ : इटलीमा सोमबार कोरोना भाइरसको संक्रमणका कारण ६ सय १ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ । यद्यपि, इटलीमा लगातार दोस्रो दिनमा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

कोरोना भाइरस इटलीमा आएपछि गत हप्ता शनिबार एकैदिन सबैभन्दा धेरै ७ सय ९३ को मृत्यु भएको थियो । आइतबार यो घटेर ६ सय ५१ पुगेको थियो भने सोमबार ६०२ पुगेको हो । बीबीसीका अनुसार नयाा संक्रमणमा पनि कमी आएको छ ।

 अमेरिकामा कोरोना भाइरसका कूल ३५ हजार संक्रमित भेटिएका छन् भने ४ सय ९५ को मृत्यु भइसकेको छ । संसारभरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय ९९ पुगेको छ ।

प्रकाशित मिति: ०७:०५ बजे, मंगलबार, चैत ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्