Kathmandu Press

केन्द्रीय नेताहरू इलाम २ मा केन्द्रित 

बिहीबार कांग्रेस जिल्ला सभापतिसमेत रहेका डम्बरबहादुर खड्काको उम्मेदवारी टुंगो लागेपछि त्यहाँकाे चहलपहल बेग्लै भएकाे छ।
केन्द्रीय नेताहरू इलाम २ मा केन्द्रित 

इलाम, चैत २४ : वैशाख १५ गते हुने उपनिर्वाचन आफ्ना दलका उम्मेदवारहरूलाई हौसला दिन केन्द्रीय नेताहरु इलाम २ मा केन्द्रित भएका छन्। शनिबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाइएकाले त्यहाँ केन्द्रीय नेताहरुकाे लर्काे देख्न सकिन्छ। 

त्यसाे त उम्मेदवार टुंगाे लगाएदेखि नै त्यहाँ नेताहरू ओइिरन थालेका हुन्। यतिखेर आइपुग्दा त्यो क्रम झनै बढेको छ। बिहीबार कांग्रेस जिल्ला सभापतिसमेत रहेका डम्बरबहादुर खड्काको उम्मेदवारी टुंगो लागेपछि त्यहाँकाे चहलपहल बेग्लै भएकाे छ। त्यसलगत्तै कांग्रेसका केन्द्रीय पदाधिकारीहरु इलाम पुगेका छन्। सहमहामन्त्री भिष्मराज आङदेम्बे, बन्द्री पाण्डे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा लगायतको टोली इलाममा छ।

Hardik ivf

उपनिर्वाचनकै सिलसिलामा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरु आफ्ना उम्मेदवारको चुनावी अभियानका लागि इलाम पुगिरहेका छन्।  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि इलाम पुगेर बामपन्थी एकता हुने सन्देश दिइसकेका छन्। नेकपा एसका अन्य नेताहरुपनि इलाम आउनेक्रम जारी रहेको युवा नेता सन्जिव राईले जानकारी दिए। 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेतृ नविना लामालगायत यसअघि नै इलाम पुगेर घरदैलो गरिसकेका छन्। गत ११ चैतमै सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएपछि दिंवगत नेता सुवास नेम्बाङको निवास सुन्तलावारीस्थित घरमा पुगेर अन्तरक्रिया गरेका थिए। साथै पूर्वमन्त्रीहरु भानुभक्त ढकाल, तिलकुमार मेन्याङ्बो लगायत नेताहरुले चुनावी कार्यक्रममै भाग लिएका थिए।

पूर्वउपसभामुख एवं पार्टी नेता शिवमाया तुम्वाहाम्फेले उपनिर्वाचनको संयोजन गरिरहेकी छन्। सुहाङको पक्षमा माहोल बनाउन ५ वैशाखमा एमालेका अध्यक्ष केपी शर्मा ओली आफै इलाम आउने तालिका छ। इलाम–२ को दोश्रो महत्वपूर्ण केन्द्र मानिने मंगलबारे बजारमा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई रास्वपाले चुनावी संयोजन गरेर काम गरिरहेका छन्। सभापति रवि लामिछाने यसअघि नै इलाम पुगेर आफ्नो दलका उम्मेदवार मिलन लिम्बुलाई सार्वजनिक समारोहबिच नै घोषणा गरे। लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतले इलाममा रास्वपाको विउ रोप्ने उदघोष नै गरे। त्यस्तै सोबिता गौतम, गणेश पराजुली, मनिष झा, असिम साह, अशोक चौधरी र हरि ढकाललगायतका नेताहरु पनि इलाम उत्रिएर घरदैलो गर्न भ्याए। 

जनमत पार्टीका अध्यक्ष सीके राउत पनि इलामको भ्रमण गर्न भ्याइसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन र बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले इलाम पुगेर चुनावी सभालाई सम्बोधन गरिसकेका छन्। कांग्रेसले उम्मेदवारको टुंगो लागेसँगै इलाम २ मा चुनावी गर्मी बढेको हो।
कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने भनिएको इलाममा यसपाली नयाँ दल रास्वपा र पहिचानवादीरुका उम्मेदवार थपिएका छन्। आगामी २०८४ सालको निर्वाचनका लागि नयाँ सन्देश प्रवाह गर्ने उद्देश्यका साथ नेताहरु इलाम केन्द्रित भएका हुन्। उपनिर्वाचनका लागि अहिलेसम्म यस क्षेत्रमा चार जनालेको उम्मेदवारी दर्ता गराएका छन्। 

मुख्य निर्वाचन आधिकृतको कार्यालय इलामका अनुसार अहिलेसम्म जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी र स्वतन्त्रबाट डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्। 

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्