Kathmandu Press

इलाम २ मा सुहाङलाई जिताउन एमाले र माओवादीको अपिल 

अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले चुनावी तालमेल गरेर अघि बढ्ने सहमति गरेपछि इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार नै दुवै दलको साझा उम्मेदवार भएका छन्।
इलाम २ मा सुहाङलाई जिताउन एमाले र माओवादीको अपिल 

काठमाडौं, चैत २४ : इलाम २ मा मनाेनयन दर्ता धमाधम भइरहेकाे छ। एमालेका तर्फबाट सुहाङ नेम्वाङले केही बेरमा मनाेनयन दर्ता गराउँदै छन्।

अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले चुनावी तालमेल गरेर अघि बढ्ने सहमति गरेपछि इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार नै दुवै दलको साझा उम्मेदवार भएका छन्। एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउन दुवै पार्टीका इलाम जिल्लास्थित समितिले औपचारिक सहमति पनि गरेका छन् । 

Hardik ivf

माओवादी जिल्ला समन्वय समितिका संयोजक विजय लिम्बू र एमालेका इलाम अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको अपिलमा शुक्रबार सार्वजनिक गर्दै सुहाङ नेम्बाङलाई सघाउन अपिल गरेका छन्। 

वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेकाे मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने अनुमान छ। एमालेका सुहाङलाई कांग्रेसका डम्बर खड्का चुनाैती बनेर उभिएका छन्। त्यसाे त त्यहाँ अहिले सत्ता साझेदार रहेकाे माओवादी केन्द्रसँग एमालेकाे तामेल छ। तर साे क्षाेत्र माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिँदैन।

गत भदौ २५ गते नेम्वाङको निधन भएपछि इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो। अहिले खड्काको नेम्वाङकै कान्छा छोरा सुहाङ नेम्वाङसँग प्रतिस्पर्धा हुने आकलन गरिएको छ। उक्त क्षेत्रमा एमालेले निरन्तर जित्दै आएको छ। २०५६ सालयता एमालेका नेम्वाङ अपराजित रहँदै आएका थिए। त्यसकारण पनि सहानुभूतिको मत पाएर जित्ने आशासहित एमालेले सुहाङलाई उम्मेदवार बनाएको हो। 

सत्ता साझेदार रहे पनि रास्वपा र नेकपा एकीकृत समाजवादीले पनि मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवारी दिने अवस्था रहेकाले त्यसको फाइदा कांग्रेसका खड्कालाई हुने देखिन्छ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकाे गृह जिल्ला भएकाले र साे पार्टीकाे छुट्टै उम्मेदवार रहेकाले त्यहाँ एमालेकाे मत क्षाति हुने बताइएकाे छ।

प्रकाशित मिति: १३:४५ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्