इलाम २ मा तीनजनाले गराए मनाेनयन दर्ता, कांग्रेस, एमाले र रास्वपाले केही बेरमा गर्ने
सुवास नेम्वाङकाे निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेकाे हाे।
इलाम, चैत २४ : वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मनाेनयन दर्ता भइरहेकाे छ। प्रतिनिधिसभातर्फ इलाम २ र प्रदेशसभातर्फ बझाङ (क) मा उपनिर्वाचन हुन लागेकाे हाे ।
इलाम २ मा जनमत पार्टीले सुरूमा मनोनयन दर्ता गरेको छ। उक्त पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप) ले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर सुरुमै मनोनयन दर्ता गराएका हुन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ। मनोनयनअघि उक्त पार्टीबारे कुनै चर्चा थिएन । नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन् ।
तेस्रोमा डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराए। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस (बिपी) बाट इलाम २ मै चुनाव लडेका गौतम उनले ५४ मत ल्याएका थिए।
रास्वपा र एमालेले केही बेरमा मनोनयन दर्ता गर्ने कार्यक्रम छ। रास्वपा बाट मिलन लिम्बू र एमालेबाट सुहाङ नेम्वाङले मनाेनयन दर्ता गर्नेछन्। नेपाली कांग्रेसबाट डम्बर खड्काले साढे २ बजे उम्मेदवारी दर्ता गर्नेछन्। यसअघि उनी एमालेका सुवास नेम्वाङसँग पराजित भएका थिए। नेम्वाङकाे निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेकाे हाे।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

