Kathmandu Press

विगतको सरकार बर्बादीतर्फ गएकाे निष्कर्षमा पुगेर सरकार परिवर्तन गरिएको हाे : विष्णु रिमाल

शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनमा उनले विगतको सरकार रहनु भनेको बर्बादीतर्फ जानु हो भन्ने निष्कर्षमा पुगेर सरकार परिवर्तन गरेको बताएका हुन्। 
विगतको सरकार बर्बादीतर्फ गएकाे निष्कर्षमा पुगेर सरकार परिवर्तन गरिएको हाे : विष्णु रिमाल

काठमाडौं, चैत २४ : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अघिल्लो सरकार राष्ट्रको लागि बोझ भएको बताएका छन्। 

शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनमा उनले विगतको सरकार रहनु भनेको बर्बादीतर्फ जानु हो भन्ने निष्कर्षमा पुगेर सरकार परिवर्तन गरेको बताएका हुन्। 

Hardik ivf

उनले भने, ‘अघिल्लो सरकार किन लडाको र यो सरकारले के गर्ला भन्ने सन्दर्भमा एउटै मात्र कुरा के हो भने अघिल्लो सरकार राष्ट्रलाई बोझ भएको थियो। किन भने त्यसले केही पनि काम गर्दैन् थियो। एउटा मोटो शरीर छ। खान्छ र बस्छको अवस्थामा थियो। गोठमा बाधेको गाई भैंसी जस्तै खाने र गोबर गर्ने बाहेक केही काम गर्दैन्। अघिल्लो सरकारको हालत त्यस्तो थियो। त्यो सरकार रहनु भनेको बर्बाद कै कुरा हो भन्ने निष्कर्षमा हामी पुग्यौं।’

विगतको सरकार चोरेर लाइसेन्स लिएको अथवा लाइसेन्स नै नभएको मान्छेले चलाएको भन्दै हरेक क्षण दुर्घटना हुने खतरामा देश भएको हुनाले पनि सरकार परिवर्तनको अभियानमा लागेको बताए। 

उनले भने, ‘अघिल्लो सरकार के हो भने चोरेर लाइसेन्स लिएको अथवा लाईसेन्स नै नभएको मान्छेले चलाएको थियो त्यसकारण हरेक क्षण दुर्घटना हुने खतरामा थियो। तरलता बढि हुदाँ पनि खर्च गर्न नसक्ने तात्कालिन सरकार हो। त्यही हिसाबले सरकार परिवर्तन गर्नुपर्छ भनेर अभियान सञ्चालन गरेका थियौं। यो कुनै लुकाएर गरिएको काम थिएन्।’ 

सिन्डिकेट खडा गरेर अल्पकालीन नाफाको लागि जान नसक्ने भन्दै नयाँ सहकार्यलाई गठबन्धनको नाम नदिएको उनको भनाई छ। फरक प्रसंगमा उनले पार्टीलाई सुदृढ बनाउन र समाजवादको आधार निर्माण गर्नुपर्ने धारणा राखे।  
 

प्रकाशित मिति: १२:५१ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्