Kathmandu Press

जुगल हिमाल चढ्ने पर्वतारोहीलाई प्रधानमन्त्री दाहालले गरे बिदाइ 

शनिबार जुगल हिमाल चढ्नेलाई दाहालले सफलताका लागि शुभकामना दिँदै ‘नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४’ मा सहभागीलाई नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरेर बिदाइ गरे।
जुगल हिमाल चढ्ने पर्वतारोहीलाई प्रधानमन्त्री दाहालले गरे बिदाइ 

काठमाडौं, चैत २४ : प्रधानमन्त्री पुष्पकमल दाहालले जुगल हिमाल चढ्ने नेपाल र दक्षिण कोरियाका दश पर्वतारोहीलाई विदाई गरेका छन्। 

शनिबार जुगल हिमाल चढ्नेलाई दाहालले सफलताका लागि शुभकामना दिँदै ‘नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४’ मा सहभागीलाई नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरेर बिदाइ गरे। आजबाट १५ वैशाखसम्म नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले जुगल हिमाल आरोहण यात्रा तय गर्नेछन्। 

Hardik ivf

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ। सोही अवसरमा ‘नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४’ आयोजना गरिएको हो। जसमा सात कोरियाली सहित तीन नेपाली सहभागी छन्।  एक्सपिडिसन कुटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने दाहालले बताए। 

‘नेपाल  र कोरियाको सम्बन्ध यसैपनि राम्रो छ। भोलिका दिनमा सम्बन्ध अझ बलियो र सुदृढ हुने मेरो विश्वास छ।’ जुगल हिमाल आरोहण गर्ने दक्षिण कोरियाले गरेको पहलले जुगल हिमालको पर्यटन प्रर्बद्धनमा निकै ठूलो भूमिका खेल्ने विस्वास प्रधानमन्त्री दाहालले व्यक्त गरे।  ‘जुगल हिमाल चढ्ने यो पहलले पर्यटन प्रबद्र्धनमा पनि निकै ठूलो भूमिक खेल्ने मेरो विश्वास छ’ दाहालले भने। 

नेपालस्थित कोरियाली राजदूत पार्क थेयाङलगायतकालाई नेपालको शिक्षा क्षेत्रमा कोरियाले राम्रो योगदान गरेको भन्दै धन्यवाद दिएका दाहालले नेपाल र कोरियाबीचमा विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको स्मरण गराए। उनले  नेपालको आर्थिक विकासमा कोरियाको आर्थिक सहयोग रहने अपेक्षा पनि व्यक्त गरे।
जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, कोरियन राजदूतावास र ओम वोंगिल फाउन्डेसनको संयुक्त रुपमा आयोजनामा जुगल हिमाल आरोहण तय गरिएको हो। 

नेपाल सरकारले गत वर्ष मात्रै आरोहण खुला गरेको ६,५९१ मिटर उचाइको जुगल– १ र ६,५१८ मिटर अग्लो जुगल– २ चढ्न लागेका हुन्। टोली २५ गते तेम्बाथाङ पुग्नेछ। विश्वका १२ वटा पर्वत चढेर इतिहास रचेका कोरियन नागरिक ओम वोंगिलको नेतृत्वमा टोली जुगल हिमाल प्रस्थान गरेको छ। उनीहरुलाई नेपालस्थित कोरियाली राजदूत पार्क थेयाङ र कार्यालय टिमले हेलिकोप्टरबाट बेसक्याम्प सम्म पछ्याउँदै पुग्नेछ।
 

प्रकाशित मिति: १२:३४ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्