सहकारीको रकम हिनामिनाको आरोपपछि श्रममन्त्री भन्छन्– सहकारीबाट आफैं ठगिएको छु, मेरो २३ लाख उठाइदिनेलाई इनाम दिन्छु
‘मैले सहकारी २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो डुबेको छ। म ठगिएको छु,’ उनले भने, ‘बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले मेरो त्यो २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें।’
काठमाडौं, चैत २४ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालमाथि सहकारीको रकम हिनामिनाको आरोप लगोको छ। गत बुधबार बसेको संसद बैठकमा सांसदहरुले यो विषयमा कुरा उठाएका थिए।
सहकारीको रकम हिनामिनाको आरोप लागेपछि श्रममन्त्री आर्यालले शनिबार त्यो विषयमा स्पष्टीकरण दिए। उनले आफूनै सहकारी पीडित भएको बताउँदै सहकारीमा आफ्नो २३ लाख रुपैयाँ डुबेको बताए।
‘मैले सहकारी २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो डुबेको छ। म ठगिएको छु,’ उनले भने, ‘बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले मेरो त्यो २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें।’
उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको दाबी गरे। उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको समेत दाबी गरे।
संस्था चलाउने प्रपोजल लिएर जाँदा नेतृत्व दिन नमानेपछि राजीनामा गरेर लगानी गरेको २३ लाख फिर्ता मागे पनि रकम फिर्ता नपाएको बताए।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

