ललितपुरमा एक कारखानामा आगलाती हुँदा एकजना मृत्यु
बिहान ६ बजेबाट सुरु भएको आगो नियन्त्रणमा लिइसकेपछि शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौं, चैत २४ : ललितपुरको हात्तिवनस्थित फलाम उद्योगमा आगलागीमा हुँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान ललितपुर–२३मा रहेको सिक्मा मेटल इन्टेक्समा भएको आगलागीमा एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पूर्ण रुपमा जलेकोले शव पहिचान हुन नसकेको र सनाखतको प्रयास भइरहेको छ।
बिहान ६ बजेबाट सुरु भएको आगो नियन्त्रणमा लिइसकेपछि शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:१० बजे, शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

