Kathmandu Press

शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्ने शिक्षामन्त्रीको दाबी

उच्च अदालत पाटनको २०७८, मंसिर १९ गतेको राजनीतिक दलमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई आदेश दिएको उल्लेख गर्दै उनले राजनीतिक दलको सदस्यता लिने शिक्षकलाई कारबाही अनिवार्य भएको बताइन्।
शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्ने शिक्षामन्त्रीको दाबी

काठमाडौं, चैत २३ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षालाई दलीय राजनीतिमुक्त बनाउनको लागि कार्यदल बनाएर काम सुरु गरिएको जानकारी दिएकी छिन्।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी समेत दिइन्। सदस्यता त्याग्न सार्वजनिक रूपमा आह्वान गरिएको र त्यस्ता शिक्षकहरूका बारेमा सूचना दिन आह्वान गरिएको पनि उनले बताइन्।

Hardik ivf

त्यस्तै शिक्षा ऐन, २०२८, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले समेत शिक्षकलाई दलको सदस्य बन्न नपाउने व्यवस्था गरेको उल्लेख गर्दै दलीय सदस्यता त्याग्नुपर्ने उनको भनाइ थियो।

उच्च अदालत पाटनको २०७८, मंसिर १९ गतेको राजनीतिक दलमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई आदेश दिएको उल्लेख गर्दै उनले राजनीतिक दलको सदस्यता लिने शिक्षकलाई कारबाही अनिवार्य भएको बताइन्।

पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा प्रशस्त सुधारको प्रयास गरिरहेको जानकारी दिइन्। यसको साथै उच्च शिक्षामा विभिन्न कार्यदलहरु गठन भएको पनि उनले जानकारी दिइन्।

‘छात्रवृत्ति सम्बन्धी कानूनको पुनरावलोकन गर्न, कर्मचारी सरुवा मापदण्ड कायम गरेर लागू गर्न साथै जिल्ला इकाई प्रमुखलाई पारदर्शी बनाउनको लागि मापदण्ड तयार गरेका छौं,’ उनले भनिन्। त्यस्तै उनले स्थानीय सरकार र प्रदेश सरकारका समस्याका बारेमा सहजीकरण गर्दै अघि बढेको पत्रकार सम्मेलनमा जानकारी दिइन्।

कानुनका क्षेत्रमा पनि धेरै परिवर्तन गरेको जानकारी दिंदै मन्त्री श्रेष्ठले भनिन्, ‘मन्त्रालयको जतिपनि कानूनहरु छन् ति जनतामाझ राख्ने र जनताबाट सुझाव लिने काम गरेका छौं । जसका कारण सेवा दिने र लिनेबीच राम्रो सम्बन्ध स्थापित गर्ने अभियानमा छौं।’

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको संख्या धेरै भएपनि उत्तिर्ण हुनेको संख्या न्यून रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्नुपर्ने औंल्याइन्। शिक्षामा भएको लगानी अनुसार परिणाम दिन नसकेको उनले बताइन्।

प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्