Kathmandu Press

नेपाल र दक्षिण कोरियाका १० पर्वतारोहीले जुगल हिमाल आरोहण गर्ने

नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले शुक्रबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै चैत २४ गते शनिबारबाट जुगल हिमाल १ र २ को पहिलो आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने जनाएको हो।
नेपाल र दक्षिण कोरियाका १० पर्वतारोहीले जुगल हिमाल आरोहण गर्ने

काठमाडाैं, चैत २३ : नेपाल र दक्षिण कोरियाका १० पर्वतारोही जुगल हिमाल आरोहण गर्न शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले शुक्रबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै चैत २४ गते शनिबारबाट जुगल हिमाल १ र २ को पहिलो आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने जनाएको हो।

Hardik ivf

नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले नेपाल सरकारले गत वर्ष मात्रै आरोहण खुला गरेको ६,५९१ मिटर उचाइको जुगल– १ र ६,५१८ मिटर अग्लो जुगल–२ चढ्न लागेका हुन्। नेपाल र दक्षिण कोरियाबीच स्थापना भएको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको अवसरमा जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, कोरियन राजदूतावास र ओम वोंगिल फाउन्डेसनको संयुक्त  आयोजनामा जुगल हिमाल आरोहण तय भएको पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारी दिए। 

नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४ मा सहभागी हुने पर्वतारोहीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरेर जुगलतर्फ बिदाइ गर्ने कार्यक्रम छ। 

प्रकाशित मिति: १७:३३ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्