Kathmandu Press

‘२०८४ लाई सकरात्मक सन्देश दिन इलाम २ मा कांग्रेसले जित्नैपर्छ’

शुक्रबार बिहान नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले इलामको उपनिर्वाचनले राष्ट्रिय राजनीतिमै विशेष अर्थ राख्ने भएकाले पार्टीले आकांक्षीहरुको व्यवस्थापन र कार्यकर्ताहरुमा उत्साह जगाउन सक्नुपर्ने बताए।
‘२०८४ लाई सकरात्मक सन्देश दिन इलाम २ मा कांग्रेसले जित्नैपर्छ’

काठमाडौं, चैत २३ : नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले इलाम २ को उपनिर्वाचनले आगामी २०८४ सालको निर्वाचनका लागि सन्देश दिने भएकाले सबै कांग्रेस कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन्।

शुक्रबार बिहान नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले इलामको उपनिर्वाचनले राष्ट्रिय राजनीतिमै विशेष अर्थ राख्ने भएकाले पार्टीले आकांक्षीहरुको व्यवस्थापन र कार्यकर्ताहरुमा उत्साह जगाउन सक्नुपर्ने बताए।

Hardik ivf

‘उम्मेदवार बन्नका लागि आकाक्षा राख्नुहुने सबै सक्षम र योग्य हुनुहुन्थ्यो। पार्टी सभापतिसँग पटक पटक भएको छलफलपछि एक किसिमको सहमति बनेको छ। त्यसैले अब ०८४ को निर्वाचनलाई क्षति नपुगोस भन्ने उद्देश्यले आकांक्षीहरुको व्यवस्थापनमा पनि नेतृत्वले ध्यान दिनुपर्छ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियारले इलाम २ को परिस्थिति विगतको भन्दा अलिक फरक र केही सहज भएको भनिएपनि सबै एकजुट भएर प्रशस्त मेहेनत गर्न सुझाव दिइन। उनले कांग्रेसका सबै निकाय, विभाग सक्रिय गराएर कांग्रेलाई जिताउनुपर्ने बताइन्।

कांग्रेस केन्द्रीय सदस्य उमेशजंग रायमाझीले कांग्रेसको विचार र सिद्धान्तले मात्र देशको भविष्य सुरक्षित राख्ने भएकाले सबै पार्टी पंक्तीलाई एकजुट भएर इलाम २ का कांग्रेस उम्मेदवारलाई विजयी गराउन आब्हान गरे।

‘पार्टीका नेताहरु कोहीपनि सर्वगुण सम्पन्न हुँदैनन्। हाम्रा उम्मेदवारहरु पनि केही कमजोरी होला तर पार्टीको विचार र सिद्धान्तलाई ध्यान दिएर कांग्रेसलाई जिताउनुपर्छ,’ उनले भने। पार्टीका सानातिना गल्ती कमजोरीले प्रजातन्त्र जोखिममा पर्ने भएकाले सबैले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सबै आकाक्षीहरुलाई साथै लिएर चुनाव जित्ने दावी गरे। उनले विगत भन्दा यस पटक चुनाव जित्न सहज भएको दाबी पनि गरे। कार्यक्रममा आकाक्षीहरु केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङदेनलगायतले आफ्नो धारणा राखेका थिए।
 

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्