केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल
शुक्रबार सिंहदरबारमा बसेको बैठकमा गृह, ऊर्जा, शिक्षा लगाएतका मन्त्रालयहरुका सम्बन्धमा विधेयकमा रहेका बिषयहरुमाथि छलफल भएको हो।
काठमाडाैं, चैत २३ : केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विभिन्न मन्त्रालयसंगसम्बन्धीत विषयमा छलफल भएको छ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकमा गृह, ऊर्जा, शिक्षा लगाएतका मन्त्रालयहरुका सम्बन्धमा विधेयकमा रहेका बिषयहरुमाथि छलफल भएको हो।
छलफलका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयका बिषयमा रहेका बिषयहरुलाई छलफलबाट टुग्याएर विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए।
विधेयकमाथि आएका संशोधनहरुलाई समेत समावेश गरेर विधेयक अघि बढाउन उचित हुने उनीहरुको भनाइ छ। विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्न उक्त विधेयक ल्याइएको हो।
प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)