Kathmandu Press

मुवाँथाईं विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान

संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले थाइल्यान्डको बैंककमा भएको १९औं मुवाँथाईं विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन्।
मुवाँथाईं विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान

काठमाडाैं, चैत २३ : नेपाल राष्ट्रिय मुवाँथाईं संघले मुवाँथाईं विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ।

संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले थाइल्यान्डको बैंककमा भएको १९औं मुवाँथाईं विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन्।

Hardik ivf

संघले ५४ केसी सेमि प्रोफेशन स्वर्ण पदक प्राप्त गुणराज रुचाललाई रु एक लाख नगद सहित सम्मान गरेको छ।

त्यस्तै ४५ केसी एमेच्योरतर्फ स्वर्ण पदक प्राप्त परिका बतासलाई रु ५० हजार, ५१ केजी सेमि प्रो रजत पदक प्राप्त सञ्जय राईलाई रु १० हजार , ५१ केजी एमेच्योर रजत प्राप्त सुशिल शाहलाई रु १० हजार नगर पुरस्कारसहित सम्मान गरिएको छ।

त्यस्तै ५७ केजी एमेच्योर कास्य पदक प्राप्त गुमान घर्तीलाई पनि रु १० हजार सहित सम्मान गरिएको छ। कार्यक्रममा राखेप सदस्य सचिव घिसिङले राम्रो प्रशिक्षणका लागि खेलाडीहरुको राम्रो क्याम्पको व्यवस्था गर्ने र आवश्यक परे अन्य देशमा पनि प्रशिक्षणका लागि पठाइने बताए। उनले खेलाडीको बिकासका लागि राखेप सदैव प्रयासरत रहने बताए।

संघले प्रशिक्षक राहुल मोक्ता र सहायक प्रशिक्षक विगेन दराइलाई पनि समान १०–१० हजार पुरस्कारसहित सम्मान गरेको थियो। 

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्