अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु
नेपालमा हाल रहेका अभिलेखको संरक्षणका सम्बन्धमा प्रचलित कानुनमा रहेका अन्य समसामयिक र प्राविधिक विषय सुधार गर्न सरकारले संशोधन विधेयक ल्याएको हो।
काठमाडाैं, चैत २३ : अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा दफाबार छलफल सुरु भएको छ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेखको संरक्षण र व्यवस्थापनमा प्रभावकारिता ल्याउन तयार गरिएको विधेयकमाथि दफाबार छलफल सुरु भएको हो।
नेपालमा हाल रहेका अभिलेखको संरक्षणका सम्बन्धमा प्रचलित कानुनमा रहेका अन्य समसामयिक र प्राविधिक विषय सुधार गर्न सरकारले संशोधन विधेयक ल्याएको हो।
अभिलेख संरक्षणसम्बन्धी पुरानो ऐनलाई समयसापेक्ष बनाएर अभिलेखसम्बन्धी महत्वपूर्ण दस्तावेजलाई तीन तहका सरकारबीच समन्वयका साथ प्रभावकारी अभिलेखीकरण गर्न संशोधन विधेयक आवश्यक रहेको पर्यटन मन्त्रालयले जनाएको छ।
संशोधन विधेयकमा सजायको व्यवस्थालाई थप कडा बनाइएको छ। अभिलेख संरक्षणसम्बन्धी विधेयकमाथि दफाबार छलफल गरेर छिटो पारित गरिने समिति सभापति राजकिशोर यादवले जानकारी दिए।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

