बालसुधार गृहहरुमा स्वास्थ्यकर्मी रहने व्यवस्था गर्न सरकारलाई निर्देशन
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बालसुधार गृहको अनुगमन गर्दा स्वास्थ्यकर्मी नरहेको पाइएको भन्दै तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।
काठमाडाैं, चैत २३ : प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बालसुधार गृहहरुमा स्वास्थ्यकर्मी रहने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बालसुधार गृहको अनुगमन गर्दा स्वास्थ्यकर्मी नरहेको पाइएको भन्दै तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।
समितिले बालसुधार गृहमा रहेकालाई खुवाउने खानाको गुणस्तर निकै कमजोर रहेको र सफा खानेपानीको पनि अभाव देखिएकाले यसमा बिशेष ध्यान दिन समेत सुझाव दिएको समिति सभापति किरणकुमार साहले जानकारी दिए।
केहि सुधार गृहहरु सेवामुलक भन्दा पनि नाफामूलक देखिएकाले संस्थाले नाफामूलक तवरले चलाएका सुधार गृहको अनुगमन गरि सुधार गर्न समेत निर्देशन दिएको उनले बताए।
बैठकमा समिति सदस्यहरुले बालसुधार गृहमा रहेका बालबालिकाको अधिकारमाथि खेलवाड भइरहेको बताएका थिए। समिति सदस्य विन्दबासिनी कंशाकारले बालसुधार गृहको निरन्तर अनुगमन गरेर उनीहरुको समस्या समाधान गर्नुपर्ने बताए।
त्यस्तै समिति सदस्य रोशन कार्कीले बालसुधार गृहहरुमा रहेकाले पढ्न चाहे त्यसको व्यवस्था गर्नुपर्ने बताए।बैठकमा गृहमन्त्रालयका प्रतिनिधिहरुले स्थान अभावका कारण बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी राख्नुपरेकाले नुवाकोट, मोरङ लगाएतका स्थानमा थप सुधारगृह निर्माण प्रक्रिया सुरु गरिएको जनाएका थिए।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

