Kathmandu Press

प्रधानमन्त्री दाहालले गोरखा दरबारमा प्रतिस्थापन गरे ५२ केजीको बहुमूल्य धातु 

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आयोजना गरेको  मकार्यक्रमा धातुलाई प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्।
प्रधानमन्त्री दाहालले गोरखा दरबारमा प्रतिस्थापन गरे ५२ केजीको बहुमूल्य धातु 

काठमाडौं,  चैत २३ : प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरबारमा पुरातात्विक महत्वको बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ प्रतिस्थापन गरेका छन्। 

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आयोजना गरेको  मकार्यक्रमा धातुलाई प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्। उनले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्व अझ बढ्ने विश्वास व्यक्त गरे। दाहालले जिल्लाको पर्यटन प्रवर्धनमा थप योगदान पुग्ने धारणा राखे। 

Hardik ivf

प्रहरीले गोरखा नगरपालिका– ७ सतिपिपल स्थित एक घरबाट उक्त ढुंगा गत असार १४ गते बरामद गरेको थियो। बरामदपछि  खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले अध्ययन गरी सो ढुंगा क्वार्ज क्रिस्टल भएको प्रमाणित गरेका थिए। उक्त धातुलाई पुरातत्व विभागले पनि बहुमूल्य प्रमाणित गरेपछि गोरखा दरबारमा राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेसँगै आज दाहालले गोरखा दरबारमा राखेका हुन्।
उक्त धातुको तौल ५२.३३० केजी रहेको छ।  

कार्यक्रममा गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले त्यहाँको विकास निर्माणमा निरन्तर लाग्ने बताएका दाहालले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा ध्यान दिने आस्वासन दिए। 
 

प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्