कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले तथ्य प्रमाणहरू हेर्दा अहिले नै घटनामा खामको संलग्नता नरहेको भन्न नसकिने अवस्था रहेको बताउँदै पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो।
चितवन, चैत २३ : पूर्वलडाकु कमान्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दएिएको छ। कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका उनलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दएिएको हो।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले तथ्य प्रमाणहरू हेर्दा अहिले नै घटनामा खामको संलग्नता नरहेको भन्न नसकिने अवस्था रहेको बताउँदै पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो।
खाम १५ वर्षदेखि फरार थिए। मंगलबार उनी ठमेलबाट पक्राउ परेको थिए। उनलाई बुधबार बिहान चितवन ल्याइएको थियो। बुधबार नै उनको थुनछेक बहस भएको थियो। सर्वोच्च अदालतबाट बुधबार साँझ मिसिल झिकाएर उनको बयान लिइएको थियो ।
शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमान्डर रहेका बेला खामले काटेश्वरका व्यापारी श्रेष्ठलाई घरबाटै ुमातेर ल्याउन आदेश दिएका थिए। डिभिजनमा नै कुटेर खामसहित लडाकुहरुले श्रेष्ठको हत्या गरेको अभियोग लागेको छ ।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

