विद्यार्थी भर्नामै छात्रवृत्तिको कोटा निर्धारण गर्न स्थानीय तहलाई अनुरोध
विद्यार्थी भर्नापछि मात्र कोटा छुट्याउँदा विपन्न र सीमान्तकृत समुदायका बालबालिका भर्ना नै हुन नसक्ने र छात्रवृत्तिकाे पहुँचबाहिर पुग्ने अवस्था आएकाले त्यस्ताे व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको हाे।
काठमाडौं, चैत २३ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी (संस्थागत) विद्यालयकाे विद्यार्थी भर्नामा छात्रवृत्तिको कोटा निर्धारणकाे व्यवस्था मिलाउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ।
विद्यार्थी भर्नापछि मात्र कोटा छुट्याउँदा विपन्न र सीमान्तकृत समुदायका बालबालिका भर्ना नै हुन नसक्ने र छात्रवृत्तिकाे पहुँचबाहिर पुग्ने अवस्था आएकाले त्यस्ताे व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको हाे।
विद्यार्थी भर्नाकै समयमा छात्रवृत्तिको संख्या छुट्याएर छात्रवृत्ति प्राप्त गर्ने बालबालिका सुनिश्चित गरेर निःशुल्क भर्नाकाे व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको हाे।
यसैगरी प्रत्येक शैक्षिक सत्रमा लिइने शुल्कको प्रस्ताव स्थानीय तहमा पेस गरी निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था रहेकाे पनि मन्त्रालयले स्मरण गराएकाे छ। मापदण्ड निर्धारण गरी सम्बन्धित स्थानीय तह र विद्यालयको वेबसाइटमार्फत शुल्क सार्वजनिक गर्न मन्त्रालयको आग्रह छ।

-1755255383.jpg)