Kathmandu Press

झडप मत्थर पार्न भुटाहामा ६ राउन्ड हवाई फायर, ११ राउन्ड अश्रु ग्यास 

भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको विषयलाई लिएर झडप भएको हो।
झडप मत्थर पार्न भुटाहामा ६ राउन्ड हवाई फायर, ११ राउन्ड अश्रु ग्यास 

विराटनगर, चैत २३ : सुनसरीको हरिनगर गाउँपालिका-१ भुटाहामा दुई समूहबीच झडप भएको छ।

झडप शान्त पार्न प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ। भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको विषयलाई लिएर झडप भएको हो।

Hardik ivf

झडप शान्त पार्न प्रहरीले ६ राउण्ड हवाइ फायरसँगै ११ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ।

झडपपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। झडपमा चार जना घाइते भएका छन्। 
 

प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्