Kathmandu Press

सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश 

उच्च अदालत पाटनका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले शुक्रबार उक्त आदेश दिएको हो।
सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश 

काठमाडौं, चैत २३ : उच्च अदालत पाटनले जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले दिएको पुनरावेदनमा झगडिया झिकाउन आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले शुक्रबार उक्त आदेश दिएको हो।

Hardik ivf

सन्दीपको मुद्दामा दुवै पक्ष अदालतमा उपस्थित भएपछि मुद्दामा सुनुवाई अघि बढ्नेछ।

बलात्कार मुद्दामा जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।   
 

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्