Kathmandu Press

बैतडीमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटना भएको हो।
बैतडीमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी, चैत २३ : जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटना भएको हो।  

Hardik ivf

दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्रयाक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको बताए।

ट्रयाक्टर सडकबाट दुई सय मिटर तल खसेको थियो।

प्रकाशित मिति: १०:५९ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्