सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा
काठमाडौं, चैत १० : सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन्।
सरकारको कोष स्थापना....

काठमाडौं, चैत १० : सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन्।
सरकारको कोष स्थापना गर्ने निर्णयको स्वागत गर्दै सभामुख सापकोटाले सोमबार कोषमा रकम जम्मा गर्ने व्यवस्था गरेका हुन्। संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत रकम कोषमा जम्मा हुनेछ।
सरकारले कोरोना (कोभिड १९) विरुद्ध लड्न पूर्वतयारी स्वरुप आइतबार केन्द्रीय राहत कोष स्थापना गरेको थियो।
यसैबीच, सभामुख सापकोटाले संघीय संसद सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको अनुगमन पनि गरेका छन्।
उनले सिंहदरबारस्थित संसद सचिवालयको १ नम्बर भवनमा तयार गरिएको आइसोलेसन वार्डको अनुगमन गर्दै सबैखाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
कोरोना भाइरस संक्रमित भेटिए अस्पताल पुर्याउनुअघि वार्डमा राख्ने व्यवस्था गरिएको संसद सचिवालय अन्तर्गतको स्वास्थ्य इकाईका डा.पुष्पराज रिजालले जानकारी दिए।











