Kathmandu Press

आयरल्याण्ड उल्भ्सविरुद्ध नेपालको दोस्रो खेल आज 

यसअघि बुधबार भएको पहिलो खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले पराजित गर्यो । बुधबार खराब प्रर्दशन गरेको नेपाल एलाई आजको खेल जितेर शृंखला बराबरी गर्नुपर्ने दबाब छ ।
आयरल्याण्ड उल्भ्सविरुद्ध नेपालको दोस्रो खेल आज 

काठमाडौं, चैत २३ : काठमाडौंमा जारी एकदिवसीय शृंखलाअन्तर्गत आज नेपालले आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि शुरु हुनेछ । 

यसअघि बुधबार भएको पहिलो खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले पराजित गर्यो । बुधबार खराब प्रर्दशन गरेको नेपाल एलाई आजको खेल जितेर शृंखला बराबरी गर्नुपर्ने दबाब छ । शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ ।

Hardik ivf

नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्सलपराजित भएको थियो ।

तर, नेपाल ‘ए’सँग तीन टी–२० सिरिज हुँदा आयरल्यान्डले २–१ ले जितेको थियो ।
 

प्रकाशित मिति: ०७:३८ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्