Kathmandu Press

संसार घुमेर नयाँ टेलिभिजन कार्यक्रम ल्याउँदै राजेश हमाल

आ–आफ्नो क्षेत्रमा सफल र सक्रिय ती नेपालीहरुको कथा सबै नेपालीका लागि प्रेरणा बन्ने र आफ्नो लागि पनि नयाँ अनुभव हुने हमालको भनाइ छ।
संसार घुमेर नयाँ टेलिभिजन कार्यक्रम ल्याउँदै राजेश हमाल
Hardik ivfHardik ivf

काठमडौं, चैत २२ : महानायक राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन्।

हमालले ल्याउन लागेको कार्यक्रम ‘यो नेपाली शिर उचाली’ हो। कार्यक्रम चैत ३० गतेबाट हरेक बिहीबार साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुनेछ।

कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक काम गरेका नेपालीहरुलाई महानायक हमालले उनीहरुको कर्मथलोमै गएर भेट्नेछन्, र अन्तरंग कुरा गर्नेछन्।

कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुनेछ। जसका लागि हमालसहित प्रोडक्सन टिमले गत सेप्टेम्बरममा बेलायत र युरोपियन मुलुकहरुको भ्रमण गरेको थियो। मुभ मिडिया प्रा.लि. र अल थ्री मिडिया घरले संयुक्त रुपमा उत्पादन गरेको कार्यक्रमको निर्देशन रोशन ठकुरीले गरेका छन्।

कार्यक्रमको टिजर सार्बजनिक गर्दै महानायक हमालले यो कार्यक्रममा संसारभरि छरिएका नेपालीको सपना र संघर्षको वास्तविक कहानी हुने बताएका छन्। आ–आफ्नो क्षेत्रमा सफल र सक्रिय ती नेपालीहरुको कथा सबै नेपालीका लागि प्रेरणा बन्ने र आफ्नो लागि पनि नयाँ अनुभव हुने हमालको भनाइ छ। स्वाभिमान र संभावनाको कथा उजागर हुने कार्यक्रम अनुभव र उत्प्रेरणाको दस्तावेज समेत बन्ने उनको विश्वास छ।

image007-1712242185.jpg

नेपालीहरु हरेक क्षेत्रमा सक्षम भएको र आफ्नो क्षमतालाई विश्वभरि प्रमाणित गरिरहेका छन् भन्ने यथार्थलाई कार्यक्रमले उजागर गर्ने कार्यक्रमका कार्यकारी निर्माता विवेक रेग्मीले बताए। कार्यक्रमले त्यस्ता नेपालीहरुसँग भएको  ज्ञान र दक्षतालाई नेपालसँग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी गर्ने उनको विश्वास छ।

यस्तै, निर्देशक रोशन ठकुरीले विदेशमा नेपालीहरुले गरेको संघर्ष र उपलब्धि नेपाली मिडिया मार्फत देखाउने कार्यक्रमको निर्देशन गर्न पाउनु गर्वको विषय भएको बताएका छन्।

यता, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले यो नेपाली शिर उचाली कार्यक्रम मार्फत विश्वभरका नेपालीसँग जोडिने अभियानमा सहभागी हुन पाउँदा आफू पनि उत्साही भएको बताएका छन्।

प्रकाशित मिति: २०:३५ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्