प्रहरी बढुवा योग्यतामा हुने व्यवस्थाको प्रस्ताव ल्याउन गृहमन्त्रीको निर्देशन
सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली, २०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उनले दुवै प्रहरी संगठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने बताएका हुन्।(42)-1712241558.jpg)
काठमाडौं, चैत २२ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन दिएका छन्।
बिहीबार गृह मन्त्रालयमा सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली, २०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उनले दुवै प्रहरी संगठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने बताएका हुन्।
‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौं भन्ने बढुवा नै पिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ। जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौं,’ उनले भने, ‘त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता पनि बढ्छ। अरुले बहालमा रहँदा के गर्नुभयो त्यता फर्किन्न। म चाहिँ आफू कार्यरत रहँदा विधि र प्रणालीमा जोड दिन्छु।’
सुरक्षा निकायहरुमा अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य गर्न जरुरी रहेको गृहमन्त्री लामिछानेको भनाइ थियो।
केहीअघि प्रहरी उपरीक्षक र बुधबार भएको प्रहरी निरीक्षकको बढुवा सिफारिसका क्रममा प्राप्त प्रतिक्रियाका आधारमा लामिछानेले यस्तो निर्देशन गरेका हुन्।
उनले दुवै संगठनको संयुक्त संयन्त्र बनाएर विस्तृत अध्ययन गरी प्रस्ताव ल्याउन निर्देशन दिएका छन्।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

