Kathmandu Press

लेखा समितिले हुलाकी राजमागबारे अर्थमन्त्रालयसँग जवाफ माग्ने

सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका योजनाहरु सम्पन्न गर्ने दायित्व सरकारकै रहेको बताउँदै उनले घोषणा गरेका योजनाहरु पुरा नगरी नयाँ योजना नथप्न सुझाव दिने बताए।
लेखा समितिले हुलाकी राजमागबारे अर्थमन्त्रालयसँग जवाफ माग्ने

काठमाडौं, चैत २२ : सार्वजनिक लेखा समितिले हुलाकी राजमार्गको अहिलेसम्मको भौतिक प्रगतिबारे अर्थमन्त्रालयसँग जवाफ माग्ने भएको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा हुलाकी राजमार्गको सम्बन्धमा छलफल गर्दै यस योजनाबारे अर्थ समितिले उठाएका प्रश्नहरुको अर्थमन्त्रालयसँग जवाफ माग्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेल बताए।

Hardik ivf

‘हुलाकी राजमार्गसँग अर्थले उठाएका जति पनि प्रश्नहरु छन्, भौतिक पूर्वाधार मन्त्रालय र हुलाकीका बारेमा अर्थसँग जोडिएका जे जति प्रश्नहरु छन्, यस बीचको विवाद के हो, हामी अर्थमन्त्रालयलाई सोध्नेछौं,’ उनले भने।

सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका योजनाहरु सम्पन्न गर्ने दायित्व सरकारकै रहेको बताउँदै उनले घोषणा गरेका योजनाहरु पुरा नगरी नयाँ योजना नथप्न सुझाव दिने बताए।

सभापति पोखरेलले राष्ट्रिय गौरवका योजनाहरुका सम्बन्धमा उजुरीको चाङ रहेको उल्लेख गर्दै व्यक्तिगत उजुरीहरु संसद सचिवालयमा पठाउने र संस्थागत उजुरीहरुमाथि समितिको आउँदो बैठकमा छलफल गर्ने जानकारी दिए।

त्यस्तै समितिले सुन तस्करी प्रकरण र दुरसञ्चार कम्पनी ऐनसेलको खरिदबिक्री सम्बन्धी अनुसन्धान गर्न गठित समितिले बुझाएको प्रतिवेदन मागि थप अध्ययन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: २०:२० बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्