Kathmandu Press

लैंगिक हिंसा ऐनको मस्यौदा बनाइराखेका छौं : मन्त्री चौधरी

लैंगिक र समानता नीति बनाएको भए पनि अझै महिलामाथिका हिंसाका घट्ना भने कम नभएको उनले बताइन्।
लैंगिक हिंसा ऐनको मस्यौदा बनाइराखेका छौं : मन्त्री चौधरी

काठमाडौं, चैत २२ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले लैंगिक हिंसा ऐनको मस्यौदा बनाइराखेको जानकारी दिएकी छन्।

बिहीबार सिंहदरबारमा बसेको महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले सैद्धान्तिक अवधारणा पत्रका लागि ऐनको मस्यौदा तयार भएको उनले जानकारी दिएकी हुन्।

Hardik ivf

लैंगिक र समानता नीति बनाएको भए पनि अझै महिलामाथिका हिंसाका घट्ना भने कम नभएको उनले बताइन्।

‘लैंगिक र समानता नीति २०७७ त छ । समानता नै गर्ने भनेर भनेको छ । तर पनि देशमा हिंसाहरु भइरहेको नै छ। मेरै क्षेत्रको कुरा गर्दा महिनामा नै हिंसाका ५ वटा घटना आउँछन्,’ उनले भनिन्, ‘बालबालिका जबर्जस्तीकरणीको आउँछ । बढीजस्तो छ जबर्जस्तीकरणीको नै घटना आउँछ। बेचबिखनको कुरा पनि आउँछ। फर्काएर त ल्यायो तर समाजको नजर उनै नराम्रो बन्छ।’

समतामूलक समाजको परिकल्पनासहित ऐनका लागि मस्यौदा तयार भएको उनले बताइन्।

प्रकाशित मिति: १९:४५ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्