सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा
आजै प्रदेशसभाबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेपछि विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्री शाहले बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियालाई राजीनामा बुझाएका हुन्।
कैलाली, चैत २२ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।
आजै प्रदेशसभाबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेपछि विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्री शाहले बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियालाई राजीनामा बुझाएका हुन्।
अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीका सबै सांसदको साथ पाउने अपेक्षा मुख्यमन्त्री शाहको थियो। तर सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर सांसद कैलाश चौधरी र टीका थापा काठमाण्डौंबाट नआएपछि उनले राजीनामा दिएका हुन्।
नागरिक उन्मुक्तिका सातै जना सांसद एक ढिक्का भएर उनलाई समर्थन गरे एक जना राप्रपा र एक जना स्वतन्त्रको गरी २७ मत पुग्ने अपेक्षामा मुख्यमन्त्री थिए।
केन्द्र सरकारको नेतृत्व गरिरहेको माओवादीले गठबन्धन फेरेसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको थियो ।

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)