Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने

आजै प्रदेशसभाबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिने तय थियो। तर, विश्वासको मत पाउने अवस्था नबनेपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने

कैलाली, चैत २२ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्।

आजै प्रदेशसभाबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिने तय थियो। तर, विश्वासको मत पाउने अवस्था नबनेपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।

Hardik ivf

यसअघि आजै बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने या राजीनानामा दिने भन्ने निर्णय लिने अधिकार मुख्यमन्त्री शाहलाई नै दिएको थियो।

उनले दिनभर आफ्नो पक्षमा विश्वासको मत जुटाउने प्रयास गरेका थिए। तर, ७ सदस्य रहेको नागरिक उन्मूक्ति पार्टीभित्रको किचलोका कारण विश्वासको मत पाउने आवस्था नभएपछि उनले प्रदेश प्रमुख नजिर मियालाई राजनीनामा बुझाउन लागेका हुन्।

मुख्यमन्त्री शाहले केही बेरमै प्रदेश प्रमुख मियाको निवास पुगेर राजीनामा बुझाउने छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियोे। तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो। बैठक अझै सुरू भएको छैन।

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्