‘हाम्रा बजार नीतिमा रहेका त्रुटि खोजौं : अध्यक्ष नेपाल
उनले सत्ताको स्वार्थले अघि बढ्न प्रेरित गरिसकेपछि विकास सम्भव नभएको भन्दै इमान्दार भएर परिवर्तनको लागि अघि बढ्नुपर्ने बताए।-1712234213.png)
काठमाडौं, चैत २२ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तर्राष्ट्रिय बजारमा उत्रिन सक्ने नीति निर्माण गर्नु आजको आवश्यकता भएको बताएका छन्।
सार्वजनिक सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारीले खेल्नुपर्ने भूमिका विषयक राजधानीमा बिहीबार आयोजित अन्तरक्रियामा उनले मुलुकको अर्थतन्त्रको अवस्था सुधारको खाँचो औंल्याए। त्रुटि सच्याएर बलियो नीति निर्माण गर्नुपर्ने उनले बताए।
अध्यक्ष नेपालले सत्ताको नेतृत्व गरिरहेका व्यक्तिको एक्लो बलले अपेक्षित उपलब्धि हासिल गर्न सम्भव नहुने भन्दै कर्मचारीले त्यसमा सघाउनुपर्ने बताए।
‘मैले प्रधानमन्त्रीलाई भने हाम्रो देशको अर्थतन्त्रको अवस्था सुधार गर्नको लागि हाम्रा नीतिहरुमा के त्रुटि छन्, त्यसको खोजी गर्ने, हाम्रो कामको कमजोरी खोजी गर्ने सबैको बारेमा राम्रो तरिकाले छलफल गरौं,’ उनले भने, ‘यो सबै कुरा तब सम्भव छ, जब हामीलाई देशको समस्या पोल्छ, लिएको जिम्मेवारी देश र जनताको लागि हो भन्ने भावनाबाट हामीलाई अघि बढ्न प्रेरित गर्छ ।’
अन्तर्राष्ट्रिय बजारमा उत्रिन सक्ने गरी हाम्रो नीति निर्माण हुनुपर्नेमा अध्यक्ष नेपाल जोड दिए। उनले सत्ताको स्वार्थले अघि बढ्न प्रेरित गरिसकेपछि विकास सम्भव नभएको भन्दै इमान्दार भएर परिवर्तनको लागि अघि बढ्नुपर्ने बताए।
‘जसरी भएपनि कुर्सीमा पुगौं, सत्ता आफ्नो हातमा लिउँ भन्ने भावना जागेपछि मानिसले केही पनि गर्न सक्दैन। उसलाई सत्ताको स्वार्थले प्रेरित गरिरहेको हुन्छ, स्वार्थको भावनाले अघि बढ्न प्रेरित गरिरहेको हुन्छ त्यसकारण हामी इमान्दार भएर लाग्नुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘यो भयो भने राजनीतिक, प्रशासनिक क्षेत्रमा सेवाको भावना जाग्छ। नेपालको प्रशासनमा आमूल परिवर्तनको आवश्यकता छ।’










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

